थसेस जापानले २०६६ सालको तोरन्ल्ह भव्यरूपले मनाएको छ । तोरन्ल्हको उपलक्ष्यमा आयोजित समारोहमा नाचगान तथा स्वादिष्ट परिकारको स्वाद लिदै सहभागीहरू ।
थसेस जापानको नयाँ कार्यसमितिलाई जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले खादा लगाई बढाई दिनुभएको थियो । साथै नव नियुक्त अध्यक्ष शरद कुमार गौचनले कार्यसमितिका सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
२१ मार्च, २०१० थकाली सेवा समिति जापानको बर्षेनी हुँदै आएको “शुभकामना साँझ” कार्यक्रम टोकियोमा बिशेष मनोरञ्जनपूर्ण हास्यब्यङ्ग्य र साँगीतिक प्रस्तुतीहरुका बिच सम्पन्न भयो ।
थकाली सेवा समिति जापानका सक्रिय कार्यकारिणी सदस्य सादगी तुलाचनकी ठूलोबुवा डा.प्रकाश तुलाचनको ८२ बर्षको उमेरमा असमायिक निधन भएको छ ।
पूरा पढ्नुहोस्...14. July 2010
थकाली सेवा समिति जापानले वृहत वार्वेक्यु पार्टी आयोजना गर्ने भएको छ । हरेक वर्ष गर्दै आएको वार्वेक्यु पार्टी यस वर्ष अगष्ट ८ तारिख आइतवार फुतागोतामागावामा हुने भएकोछ ।
पूरा पढ्नुहोस्...14. July 2010
थसेस जापानका सचिव गोविन्द तुलाचनका श्रीमती कविता तुलाचनलाई मातृशोक परेको छ । जेठी आमा माइली थकालीको ७३ वर्षको उमेरमा जन्मस्थान थाक टुकुचेमा गत जुलाई ३ ता. निधन भएको थियो ।
पूरा पढ्नुहोस्...7. May 2010
थकाली सेवा समिति जापानले आफ्नो कार्यक्रमहरू सरल र सुमुधुररूपमा सुचारू गर्न विभिन्न उपसमितिहरू गठन गरेको छ ।
पूरा पढ्नुहोस्...4. May 2010
थसेस जापानले टोक्योको मन्दिर रेष्टुरेन्टमा आफ्नो चार देवता एवं नरीझेवको पुजाआजा गरी भव्यरूपमा तोरन्ल्ह पर्व मनाएको छ । थकालीहरूको महान चाड तोरन्ल्ह ढिलै भए पनि सम्पन्न भएकोमा उपस्थित थकालीहरूमा प्रसन्नता छाएको थियो ।
पूरा पढ्नुहोस्...
15. July 2010
0 Comments