हिराचन र बस्नेतलाई थसेस जापानको बधाई तथा शुभकामना

Sat, Oct 24, 2009

समाचार

एनआरएनएका अध्यक्ष देवमान हिराचन र प्रवक्ता डा. कुमार बस्नेतलाई जाईदान होजिन थकाली सेवा समिति (थसेस) जापानले बधाई तथा शुभकामना प्रकट गरेको छ ।

चौथो विश्व सम्मेलनवाट प्रवासी नेपालीहरूको छाता संगठन एनआरएनएका अध्यक्ष जस्तो गरिमामय पदमा जापानवाट प्रतिनिधित्व गर्नुहुने देवमान हिराचन सर्वसम्मतवाट निर्वाचित हुनुभएकोमा र सो संगठनको प्रवक्तामा डा. कुमार बस्नेत चयन हुनुभएकोमा थसेस जापानका अध्यक्ष ध्रुव भट्टचनले विज्ञप्ति प्रकाशित गरी हार्दिक बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ । विज्ञप्तिमा अध्यक्षले उहाँहरूको कार्यकालको पूर्ण सफलताको कामना गर्नु भएको छ ।

स्रोतः नेपाल जापान डट् कम्, टोक्यो

This post was written by:

admin - who has written 70 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply