थकाली सेवा समिति दक्षिण कोरियाले नेपाली अपाङग संघ दक्षिण कोरियालाई तीस लाख ओन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
गत छुसकमा कोरियामा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ आयोजना गरेको थासाङ सांस्कृतिक सौगातबाट मुनाफा रकम मध्यको तीस लाख ओन नेपाल अपाङग संघलाई हस्तान्तरण गरिएको हो । गत जनवरी ४ तारिख आईतबारको दिन एनआरएन कोरियाले आयोजना गरेको नेपाल हाउस कल्चर शो को मध्यान्तरमा कोरिया स्थित नेपाली दूतावासका महामहिम राजदूत कमल प्रसाद कोईरालाको रोहबरमा थसेस अध्यक्ष श्री भक्त सेरचनले नेपाल अपाङग संघका कोषाध्यक्ष बिक्रम गुरुङ र सचिब लिला बिकलाई हस्तान्तरण गर्नु भएको थियो ।
स्मरणिय रहोस, थकाली सेवा समिति दक्षिण कोरियाले बिगतमा बिबिध कार्यक्रमहरुको आयोजना गरि कोशी बाढी पिडितलाई आर्थिक सहयोग प्रदान गरि सकेको छ ।
साभारः नेपालजापान डट् कम्



February 22nd, 2010 at 6:10 pm
u4NTu3 kxwrkigdhvbt, [url=http://zgoonourjkjv.com/]zgoonourjkjv[/url], [link=http://exddgtoeykaq.com/]exddgtoeykaq[/link], http://dtlqkvixgoga.com/