पृष्ठभूमी, परिचय तथा गतिविधिहरु
१९८० को दशक तिर थकालीहरुको जापान आगमन संगै बिदेशको नौलो भूमीमा गोलबद्ध हुनुपर्ने आवश्यकता महसुश गर्दै धौलागिरी परिवार क्लवको नामबाट शुरुवातसहित यस संस्था उदाएको हो ।
मुस्ताङ्ग, बाग्लुङ्ग, म्याग्दी र पर्वत जिल्लाका साथै अन्य क्षेत्रका जापानबासी केहि सचेतक र जागरुक अग्रज थकालीहरुको पहलमा सन १९९१ जुन तदअनुरुप बि.सं.२०४८ अषाढ महिनाको बृहत भेलाले थकाली सेवा समिति, जापानको नामकरण दिई विधिवत रुपले जापानमा पहिलो जातिय संस्थाको रूप स्थापना गरिएको हो ।
स्थापना कालदेखि नै निरन्तर रुपमा अनगिन्ति समस्याहरुलाई जुधारु रुपले पार लगाउदै जापानको बदलिदो परिस्थिति, समय अनुकुल आम नेपालीहरुको संर्बाङगिन हित तथा सामाजिक सेवामा हालसम्म सक्रिय रुपमा अघि बढिरहेको छ ।
एकल जातिय हितमा मात्र सिमित नरही सिङ्गो राष्ट्रकै निमित्त पनि यस संस्थाले धेरै सहयोग गर्दै थुप्रै उपलब्धिहरु समेत हासिल गरिसेकेको छ ।
जापानमा कार्यरत थकालीहरु लगायत आम नेपालीहरुलाई आपतविपत वा दुर्घटना परेकाहरुको सहयोग, बिरामी परेर अस्पताल भर्ना भएकाहरुको सहयोग तथा शल्यक्रिया गरेकाहरुको सहयोग, आर्थिक समस्याका कारण स्वदेश फर्किन नसकेकाहरुको सहयोग, अध्ययन वा छात्रबृती जानाकारी, रोजगारी परामर्श, जापानिज भाषा, भिषा, कम्पनी दर्ता जानाकारी, जापानको निम्नतम् संस्कृति, चालचलन सम्बन्धी जानाकारी लगायत अन्य थुप्रै दर्जनौ सहयोग गर्दै आईरहेको छ ।
त्यसैगरि नेपालको मुस्ताङ्ग, म्याग्दी, बांग्लुङ्ग, पर्वत, पोखरा, काठमाण्डौं लगायत अन्य बिभिन्न भागमा बिद्यालय निर्माणमा सहयोग, बाढी पीडितहरूलाई सहयोग, भाषा कक्षा संचालन सहयोग, एड्स रोकथाम अभियान सहयोग, अस्पताल निर्माण सहयोग, एम्बुलेन्स खरिद सहयोग, जेहेन्दार छात्रबृती सहयोग, पुस्तकालय भवन सहयोग, असहाय बालबालिकाको सहयोग, इतिहास अनुसन्धान सहयोग, साहित्य प्रकाशन सहयोग, सगरमाथा आरोहण सहयोग लगायत नेपाली कलाकार, पत्रकार, कवी, बिश्व साईकल यात्री, बिभिन्न बिधाका बिज्ञहरुलाई समेत स्वागत सम्मान, बिदाई, शुभकामना, समवेदना कार्य पनि सम्पन्न गर्दै आईरहेको छ । साथै जापान स्थित नेपाली राजदूताबासको साथै अन्य संघ,संस्थाहरुसंग पनि सहकार्य गर्दै अघि बढिरहेको सहर्ष जानाकारी गराउदछौं ।
हाम्रा उदेश्य तथा प्रतिबद्धताहरु
१) थकाली जातिको भाषा, संस्कृति र कलात्मक बिधिको संरक्षण सम्वर्धन गर्ने ।
२) थकाली जाति समुदायको सामाजिक, सांस्कृतिक, भौतिक, आर्थिक आदि पक्षको बिकास कार्यमा अभिबृद्धि गर्ने ।
३) परम्परागत जातिय संस्कारका कार्यहरुमा बिसंगति नआउने गरि मितब्ययिता राख्ने ।
४) सम्पूर्ण मानव जातिकै हितको लागि सेवा मुलक कार्य गर्ने ।
५) शैक्षिक स्तर उठाउन तथा साहित्य बिधाको बिकासको लागि अन्तरक्रिया, गोष्ठी, प्रवचन, छलफल र पत्र-पत्रिका प्रकाशन गर्ने ।
६) जापानबासी थकालीहरु, नेपालीहरुको अभिलेख संकलन गरि बिश्वभरि छरिएर रहेका थकालीहरुसंग समन्वय कायम गर्दै सञ्जालहरु बिस्तार गर्ने ।
७) जापान प्रवासी आम नेपाली र जापानीबीच आपसी सम्पर्क, समन्वय, मैत्रीपूर्णता एवं सहयोग-सदभावनाको अभिबृद्धि गर्न र आदर्श समाजको संरचना गर्न गराउन सम्पूर्ण नेपाली समुदायलाई कृयाशिल बनाउने ।
८) नेपालको आर्थिक बिकासको लागि स्वदेशमा उत्पादित चीज बस्तुको प्रचार, प्रसार, प्रबद्धन, बजार बिस्तारमा सहयोग गर्दै दुबै देशबीचको मैत्रिपूर्ण सम्बन्ध कायम र उन्मुख गराउने ।
९) प्रवासि जीवनमा आईपर्ने ब्यवहारिक, मानसिक, शाररिक स्वास्थ्यका कठिनाई एवम् असामान्य समस्याहरु सुल्झाउन संभावित कार्यहरु गर्ने ।
१०) ब्यापक हित, कल्याण एवं एकताको अभिवृद्धि गर्ने कार्यलाई अघि बढाउने र गैर राजनीतिक संस्थाको रुपमा बिशुद्ध संस्थाको रुपमा अघि बढने ।
सदस्यहरुको परिचयपत्र बितरण र आबेदन फाराम
थकाली सेवा समिति जापानले आफ्नो सम्पूर्ण सदस्यहरुलाई बिभिन्न सेवा, सुबिधा, सहुलियत दिने उदेश्य तथा सदस्य शुल्क नविकरणको लागि चुस्त र सुलभ गर्नको लागि संस्थागत परिचयपत्र वितरण शुरु गरिसकेको कुरा सर्वबिदितै छ । उक्त परिचयपत्र बाहकले पाउने सेवा, सुबिधाको बिस्तृत जानाकारिको लागि थकाली सेवा समितिको होमपेजमा www.thasesajapan.com हेर्न हुन पनि अनुरोध छ । साथै जापान रहनु भएका सम्पुर्ण थकाली महानुभावहरु यस परिचय पत्रको हकदार रहनुभएकोले परिचयपत्र प्राप्त नगर्नुभएका मित्रबन्धुहरुले देहायबमोजिमको आबेदन फाराम सहित बार्षिक सदस्य शुल्क ५,००० ऐन बैङ्क खातामा दाखिला गरि पत्राचार वा ईमेल मार्फत जानाकारि गराउनहुनको लागि हार्दिक अनुरोध गर्दछौं । प्राप्त सूचनाको आधारमा परिचयपत्र सम्बन्धित सदस्यलाई यथासिघ्र उपलब्ध गराइने छ ।
पुरा नाम :
सदस्यको प्रकार : (क) साधारण सदस्य (ख) आजीवन सदस्य (ग) मानार्थ सदस्य
नेपालको ठेगाना :
जापानको ठेगाना :
फोन नंम्वर :
ईमेल :
नोट : पासपोर्ट साईजको फोटो एकप्रति उपलब्ध गराउनुहोला ।
सदस्यता शुल्क बिवरण र भुत्तानीको लागि बैङ्क ब्यबस्था
१) साधारण सदस्य : ५,००० ऐन (पाँच हजार ऐन मात्र)
कार्यसमिति तथा सम्पुर्ण थकालीहरुको बार्षिक शुल्क, प्रत्येक बर्षको जनवरी देखि डिसेम्बरसम्मलाई मानिने छ ।
२) आजीवन सदस्य : ५०,००० ऐन (पँचास हजार ऐन मात्र)
थकालीहरु जो कोहिले एकमुष्ट सदस्यता शुल्क भुक्तानी गरिनेलाई मानिने छ ।
३) मानार्थ सदस्य : सहयोग स्वरुप (रकम कितानी नभएको)
थकालीहरुसंग सम्बन्धित स्वदेशी, बिदेशी, गैर थकालीले सो ईच्छा अनुरुप सहयोग रकम दाखिला गरिनेलाई मानिने छ ।
बैङ्कको नाम : आसाहि सिन्यो किन्को
शाखाको नाम : ओचुका (०३७)
बाहकको नाम : एनपिओ होजिन, थकाली सेवा समिति, जापान
एकाउन्ट नंम्वर : ०१२३३२९
Bank Name: Ashahi Sinyo Kinkou
Branch Name: Otsuka (037)
Holder Name: NPO, Thakali Sewa Samiti
Account Number: 0123329


