थसेस जापानका सचिव गोविन्द तुलाचनका श्रीमती कविता तुलाचनलाई मातृशोक परेको छ । जेठी आमा माइली थकालीको ७३ वर्षको उमेरमा जन्मस्थान थाक टुकुचेमा गत जुलाई ३ ता. निधन भएको थियो ।
थकाली सेवा समिति जापानले दिवंगत आत्माको चीरशान्तिको कामना र शोकाकुल परिवारलाई यस दु:खद घडीमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस भन्दै गहिरो समवेदना प्रकट गरेको छ ।
(पुनश्च: थकाली सेवा समिति जापानले आफ्नो होमपेजमा सम्पूर्ण थकालीबन्धुहरूको दु:ख सुखका क्षणहरू प्रकाशित गर्नुका साथै रेकर्ड राख्ने उद्वेश्य राखेको छ । यसको लागि आवश्यक सूचना उपलव्ध गराउन सम्पूर्ण थकाली वन्धुहरूलाई हार्दिक अनुरोध गर्दछ ।)



Leave a Reply