थसेसका सक्रिय सदस्य सादगी तुलाचनकी ठूलोबुवा स्वर्गिय डा. प्रकाश तुलाचन प्रति हार्दिक श्रद्धाञ्जलि

Thu, Jul 15, 2010

समाचार

थकाली सेवा समिति जापानका सक्रिय कार्यकारिणी सदस्य सादगी तुलाचनकी ठूलोबुवा डा.प्रकाश तुलाचनको  ८२ बर्षको उमेरमा असमायिक निधन भएको छ ।
गत जुलाई ७ तारिख बुधबारका दिन पोखरामा भएको यस दु:खद घडीमा थसेस जापानले एक वक्तव्य प्रकाशित गरि दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
थसेस जापानका अध्यक्ष शरद कुमार गौचन द्धारा हस्ताक्षरित वक्तव्यमा डा. तुलाचनले ५ दशक बढि नेपालीहरुको सेवामा समर्पित एक महान व्यक्तित्व गुमाउन परेकोमा सारा नेपाली लगायत थकाली परिवारलाईसमेत ठूलो क्षति पुगेको छ । स्वर्गिय डा.तुलाचनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवार प्रति थसेस जापान हार्दिक समवेदना व्यक्त गर्दछ वक्तव्यमा भनिएको छ ।

This post was written by:

admin - who has written 85 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply