चराजस्तै उड्छ साहित्य

Sat, Jul 17, 2010

लेख/रचना

तीसको उत्तरार्द्धदेखिको उनको यात्रा अहिले पनि जारी छ । लेख्ने उत्साह र जाँगर कत्ति पनि कमी भएको छैन । दुई कवितासंग्रह, एक मुक्तक र तीन गीतका एल्बम प्रकाशन गरिसकेकी छिन् । उनी कविता र गीत दुवैमा उत्तिकै जमेका छन् ।

एउटा सर्जक सबैभन्दा खुसी कति वेला हुन्छ ? सर्जकको खुसी र आनन्दको अन्तिम उत्कर्ष कति वेला होला ? लेखिसकेपछि, पुस्तक प्रकाशन भएपछि या लेखेका सृजनाले कुनै पदक वा पुरस्कार

पाएपछि ? साढे तीन दशक अघिदेखि साहित्य सृजनामा लागेका कवयित्री उषा शेरचनको सबैभन्दा खुसीका क्षण यी दिनमध्ये कुनै एक रहेनछ । भन्छिन्, ‘पाठकले आफ्नो रचना पढेर प्रतिक्रिया दिँदाको अवस्थामा मलाई सबैभन्दा बढी खुसी लाग्छ ।’ यति लामो समयदेखि त्यही ‘खुसी’को बलमा साहित्यिक क्षेत्रमा छिन् । ‘लेखिसक्दा या प्रकाशन गरिसकेपछि यो भएन, त्यो भएन भन्ने असन्तुष्टि बाँकी रहन्छ,’ उनले थपिन्, ‘मैले लेख्ने पाठकका लागि हो । जसका लागि लेखँे, उनीहरूले नै पढे भनेर सम्भि”mदा म सबैभन्दा बढी खुसी हुन्छु ।’

०३५ मा ‘जिन्दगी’ शीर्षकको कविता गोरखापत्रमा छापिएपछि दुई दर्जन पाठकले ‘वाह ! उषा तिम्रोे कविता’ भनेर प्रतिक्रिया पठाए । उतिवेला उनी २० वर्षकी थिइन् । ती प्रतिक्रिया उनका सृजना यात्राका लागि उत्प्रेरक बन्यो ।

उनको बाल्यकाल जन्मथलो पोखरामा बित्यो । उनका साथीसंगीहरू हुल कसेर कहिले फेवाताल, कहिले सारङकोटमा रमाइरहँदा ती दुईदर्जन प्रतिक्रियाको उत्प्रेरणाले उनी देवकोटा, पारिजात, भूपी र रिमालका पुस्तकमा रमाउन थालिन् । बीसवर्षे रुमानी उमेरमै उनका साथीसंगीले भन्दा एउटा अलि फरक सपना देखिन् । करिब साढे तीन दशकको यात्रामा उनका पाठकको संख्या धेरै पुगिसकेको छ । उनलाई कोहीले कविता मन पराएर उनलाई दूरदराजदेखि चिट्ठी लेख्छन् । ‘कोहीले तपाईंको मुक्तक राम्रो छ’ भनेर टेलिफोन गर्छन् । केही मेरा लागि गीत लेखिदिएकोमा धन्यवाद भन्छन् । यिनै कुरा उनको लेखनको उत्प्रेरणा बनेको छ । भन्छिन्, ‘कतै लेख्न छाडँे भने सम्भिmने मेरा पाठकले बिर्सिन्छन् कि ? भन्ने डर लाग्छ । लेखनको वातावरण बनाउनुमा मेरा पाठकको पनि महत्त्वपूर्ण भूमिका छ ।’

उषाको बाल्यकाल सुखद नै थियो । पोखराको घरानियाँ परिवार थियो । उनको बाजे भीमबहादुर भट्टचन पोखराका नामी सितारवादक थिए । साहित्य र संस्कृतिप्रति गहिरो अभिरुचि राख्थे । बाजेले साहित्यका विभिन्न विधाका पुस्तक ल्याइराख्थे । उनका ‘मुआ’ पनि राम्रो लोककथा वाचिका थिइन् । घरमा सृजनात्मक वातावरण थियो । त्यसले उनलाई सानैदेखि साहित्यप्रति आकषिर्त बनायो । उनी बढी अन्तरमुखी स्वभावकी थिइन् । मुक्तक र कविता लेख्थिन् । तर, कसैलाई पत्तो हुँदैन थियो । ‘म डायरीभरि कविता र मुक्तक लेखेर राख्थँे । तर, कसैलाई थाहा हुँदैनथ्यो,’ उनले बाल्यकाल सम्भिmन्, ‘माध्यमिक विद्यालयस्तरमा पढ्दा नै धेरै लेखेँ । लेख्छु भनेरचाहिँ कसैलाई थाहै दिइनँ, देखाउन लाज लाग्थ्यो ।’ ०२८ मा उच्च शिक्षाका लागि काठमाडाँै आइन् । आरआर क्याम्पसबाट आइए सकेर फेरि पोखरा नै फर्किइन् । ०३५ मा पोखराको पिएन क्याम्पसमा बिए पढ्थिन् । उनका भान्जा विनोद शेरचनले एक दिन उनको डायरी फेला पारेछन् र उनलाई पत्तै नदिई गोरखापत्रमा ‘जिन्दगी’ शीषर्ाकृत कविता पठाइदिएछन् । गोरखापत्रमा कविता छापिएपछि उनलाई धेरैले बधाइ र शुभकामना दिए । त्यो कविताले एकाएक उनी साथीभाइमाझ कवयित्रीका रूपमा परिचित बनिन् । पोखरामा हुने साहित्यिक गोष्ठीहरूबाट उनलाई निम्ता आउन थाल्यो । पोखरामा अब कविता सुनाउने र सुन्ने पारखीको संख्या बढ्न थाल्यो ।

मृत अवस्थामा जस्तै रहेको पोखरेली युवा सांस्कृतिक परिवारलाई उषा, तीर्थ श्रेष्ठ, प्रकट पंगेनी ‘शिव’लगायतले मिलेर पुनः ब्युँझाए ।

पोखरेली युवा सांस्कृतिक परिवारबाट उनीहरूले हरेक हप्ताजस्तै साहित्यिक गोष्ठी आयोजना गर्थे । ‘पहिलोपटक टिकट बेचेर सामूहिक मुक्तक वाचन कार्यक्रमको आयोजना गरेका थियौँ,’ उषा सम्भिmन्छन् ।

टिकट बेचेर गरिएको कार्यक्रम सम्भवतः पहिलो नै थियो । उनका लागि तीसको उत्तरार्द्ध साहित्य सृजनाका लागि निकै उर्वर बन्यो । राष्ट्रियस्तरका साहित्यिक पत्रपत्रिकामा धमाधम उनका कविता छापिन थाल्यो । ‘त्यो वेला माहोल नै साहित्यमय भएको थियो,’ उनले सुनाइन्, ‘पूर्णकालीन साहित्यकारजस्तै भइयो ।’ ०३८ तिर काठमाडौँका डिबी शेरचनसँग उनको बिहे भयो । त्यसपछि काठमाडौँमै स्थायी रूपमा बसोबास गर्न थालिन् । बिहे उनका लागि झन् फलदायी भयो । काठमाडौँमा पोखराका सहकर्मी थिएनन्, र पनि उनले एक्लो महसुस गर्नु परेन । उनका श्रीमान् डिबी शेरचनले उनलाई सृजनशील बन्न हौस्याइरहे । ‘बिहेपछि नै मैले पुस्तक पनि प्रकाशन गरेँ,’ उनले भनिन्, ‘वैवाहिक जीवनपछि त साहित्यिक जीवनजस्तै बन्यो ।’

तीसको उत्तरार्द्धदेखिको उनको यात्रा अहिले पनि जारी छ । लेख्ने उत्साह र जाँगर कत्ति पनि कमी भएको छैन । दुई कवितासंग्रह, एक मुक्तक र तीन गीतका एल्बम प्रकाशन गरिसकेकी छिन् । उनी कविता र गीत दुवैमा उत्तिकै जमेका छन् । गीतकार वा कवयित्रीमध्ये उनी आफैँमा बढी कुनमा सन्तुष्ट छिन् ? भन्छिन्, ‘कविताका पाठकभन्दा गीतका श्रोता बढी भए पनि कवितामै सन्तुष्ट नै छु । उनी आफैँलाई भावुक, तर विद्रोही कवयित्री भन्न रुचाउँछिन् । ‘म गीत हृदयका लागि लेख्छु कविताचाहिँ मतिष्कका लागि ।’ उनले गीत र कविताको फरक खुट्टयाइन्, ‘गीतले हृदयलाई छुन्छ । र, हृदयले नै गाउँछ । कविताले मस्तिष्कलाई घचघच्याउँछ ।’ गीत या कविता कुनै पनि सृजनालाई कुनै पनि सिद्धान्त या भूगोलले छेक्नु हँुदैन भन्ने उनको मान्यता छ । भन्छिन्, ‘कुनै पनि आस्था या सीमारेखाले साहित्य छेकिनु हुन्न ।’ उनी साहित्य चराजस्तै स्वतन्त्र हुनपर्ने तर्क गर्छिन् । ‘साहित्यकार त चराजस्तै कावा खाँदै खुलाआकाशमा उड्ने हो ।’ भनिन्, ‘कुनै क्षेत्र दिएर यतिभित्र मात्रै उड्ने भनेर सीमारेखा कोरिनुहुन्न । कुनै एउटा आस्था वा वादमा रहेर लेख्नु कुनै चराले एउटा निश्चित भूगोलमा रहेर मात्रै उड्नुजस्तै हो ।’

सर्वकालीन पीडा र जागृतिको शंखघोषमा उषा लेख्छिन् -

असनका भीडहरूमाझ
कहिले खर्पनमा खाँदिएर
कहिले नाङ्लोमा चुलिएर
कहिले तुलोमा जोखिएर
हेरक दिन बिकिरहेछु
किलो-किलोमा
पाउ-पाउमा

उनी भर्खरै प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त भएकी छिन् । नेपाली महिला साहित्यकारको स्तर उकास्न काम गर्ने धोको छ रे उनको । भन्छिन्, ‘नेपाली महिला साहित्यकारको कमी छैन एक्सपोजरको कमी छ ।’

उषा यतिखेर कथा लेखिरहेकी छिन् । उनका कथाका विषयवस्तु नेपाली महिलाले भोगेको जिन्दगी हो । ‘नेपाली महिलाका हजार पीडाहरूमध्ये केही पीडालाई सम्बोधन गरेर कथा लेख्दै छु ।’ उनले सुनाइन्, ‘महिलाको पीडा समुद्रजस्तो छ । त्यसमध्ये एकथोपा उप्काउन आँटेकी छु ।’ उषा भावुक भइन्- उनको कविता ‘सपना र खण्डहरमा’ जस्तै :

सपना त एक खण्डहर रहेछ
जसलाई घर हो भनेर न बस्नै सकिन्छ !
जसलाई घर होइन भनेर न बिर्सनै सकिन्छ

राजेश राई
स्रोतः नयाँ पत्रिका (जुलाई १६ ता. २०१० मा प्रकाशित)

, ,

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply