थसेस जापानको समर वार्वेक्यु कार्यक्रम सम्पन्न

Mon, Aug 9, 2010

समाचार

थकाली सेवा समिति जापानले टोक्यो फुतागोतामागावामा आयोजना गरेको समर वार्वेक्यु कार्यक्रम रमाइलो वातावरणका साथ सम्पन्न भएको छ । कार्यक्रममा एनआरएन जापानका अध्यक्ष रोशन केसी, नेफिन टोक्योका अध्यक्ष ध्रुव भट्टचन लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरूका साथै टोक्योवासी नेपाली तथा जापानीहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा म्युजिकल चियर प्रतियोगिताका साथै नेपालको परम्परागत खेल छेलो फाल्ने खेल पनि खेलाइएको थियो । म्युजिकल चियर प्रतियोगितामा प्रथम अनिता भट्टचन, द्वितीय नगिना गौचन, तृतीय प्रमिला जोशी हुनु भएको छ । सान्त्वना पुरूस्कार दिना गौचन र रूपा तुलाचनले पाउनु भएको छ । यस्तै छेलो फाल्ने प्रतियोगितामा प्रथम खगेन्द्र पुन, द्वितीय हर्क गुरूङ, तृतीय राजेन्द्र गौचन हुनु भएको छ । शैलेन्द्र थापा मगर र आचुसी भट्टचनले सान्त्वना पुरूस्कार पाउनु भएको छ । यसवर्षको माल (प्रथम) खगेन्द्र पुनलाई नेपालवाट आउनु भएका अतिथि श्याम शेरचनले फेटा गुताई बधाईदिनु भएको थियो ।
यसैगरी कार्यक्रममा उपस्थित सहभागीहरूवाट गोलापालाको आधारमा ११ वटा भाग्यशाली चिट्ठा खोलिएको थियो । एनआरएन जापानका अध्यक्ष रोशन केसी, नेफिन टोक्योका अध्यक्ष ध्रुव भट्टचन, तमुधीं जापानका अध्यक्ष याम गुरूङ, शेर्पा संघका अध्यक्ष ङावाङ शेरे शेर्पा, थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले पुरूस्कारहरू वितरण गर्नु भएको थियो । यस्तै सिनागावा मिट सेन्टरको फ्रेस र उत्कृष्ट विफका साथै चिकिन, ससेज, भिजिटेवल आदिको उपस्थित सहभागीहरूले जिब्रो पड्काएर स्वाद लिएका थिए । अन्तमा नाचगानका साथ कार्यक्रम समाप्त भएको थियो । थसेस जापानले टोक्यो र खानागावा प्रफेक्चरको बीचमा बग्ने तामा खोलाको तीरमा हरेक वर्ष वार्वेक्यु कार्यक्रम मनाउदै आएको छ ।

, ,

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply