थसेस जापानको बनभोज सम्पन्न
एस. के. गौचन
टोक्यो अगष्ट, ४
टोक्यो स्थित फुतागोतामागावा नामक खोलाको किनारमा थकाली सेवा समिति (थसेस) जापानको बार्षिक कार्यक्रम मध्ये एक बनभोज कार्यक्रम (समर बार्बेक्यु कार्यक्रम) जापानबासी आम नेपाली र जापानी बीच सानदारका साथ आइतबार सम्पन्न भएको छ ।
असारे महिनाको सिमसिमे झरि झै पानी परेर बिहानै देखी मौसमले त्यति साथ नदिएपनि आमन्त्रित पाहुनाहरु भने उक्त झरिको वास्तै नगरि रुझ्दै भिज्दै सहभागि भएका थिए । खुल्ला मैदानमा बिछ्याईएको सिट् र पाल टागिएको स्थल भित्र आमन्त्रित पाहुनाबर्गहरुको खचाखचले खुट्टा टेक्ने ठाँउ थिएन ।
करिब डेढ सय बढिको संख्यामा उपस्थित महानुभावहरुलाई थसेस जापानका महासचिब अनिल भट्टचनले स्वागत गर्दै कार्यक्रम शुरुआत गर्नु भएको थियो । कार्यक्रममा खेलाईएका आकर्षित खेलहरु मध्ये खर्बुजा फोर्ने खेल र बिङ्गो खेल राखिएको थियो । खर्बुजा फोर्ने खेलमा जापानी र नेपालीहरुले सामुहिक रुपमा सहभागिता जनाएका थिए । उक्त खेलमा महिला तर्फ ५ जना र पुरुष तर्फ ११ जनाले सहभागि जनाएका थिए । जसमा महिला तर्फ सिनो जी(जापानी महिला) ले खर्बुजा फोर्न सफल भई प्रथम स्थान प्राप्त गर्नु भएको थियो भने पुरुष तर्फ पनि जापानी नागरिक यामादा जि ले खर्बुजा फोरि प्रथम स्थान हासिल गर्नुभएको थियो । १७ जना प्रतिश्पर्धि खेलाडि दर्ता मध्ये जापानी सहभागि ३ जना मात्र भएता पनि जापानी सहभागि विजयी भएका थिए ।
त्यसलगत्तै खेलाईएको बिङ्गो खेलमा भने फुल हाउस जित गौचन, क्युईक फाईभ् महेन्द्र शेरचन, सेकेन्ड कोलम भगबति गौचन,फोर्थ कोलम बुद्धिमान शेरचन र फोर कर्नल सुजन लालचनले जित हात पार्न सफल हुनुभएको थियो । उक्त खेलको संयोजन बढो कुसलताका साथ क्रमश सचिब महेश शेरचन, सह-कोषाध्यक्ष लोकेश गौचन र दीपक गौचनले गर्नु भएको थियो । जापानकै ए कलासको मासुको परिकार सहित बिभिन्न स्वादिष्ठ खानाहरु र बियरको चुस्कै लिनुभईरहेका आमन्त्रित पाहुनालाई डिजे राजु शेरचनको संगीतले नचाउनुसम्म नचाएको थियो । वरपरका जापानीहरु सहित ठूलो समुहमा जमेको उक्त कार्यक्रमलाई अन्तमा समाजका अध्यक्ष ध्रुब भट्टचनले बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबै महानुभावलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
स्मरण रहोस उक्त कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.गणेश योञ्जन तामाङ् र स-परिवार,एनआरएन आईसीसीका सदस्य डा.कुमार बस्नेत, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष ओम गुरुङ्, तमुधीं जापानका अध्यक्ष दिनेश गुरुङ्ग, शेर्पा संघका अध्यक्ष ङावाङ शेरे शेर्पा, चितवन कल्याणकारी समाजका अध्यक्ष लोकनाथ वस्ती र वुई लभ नेपालका प्रधान सम्पादक सोनम शेर्पा लगायत अन्य बिशिष्ठ ब्यत्तित्वहरुको पनि उपस्थिति थियो । औपचारिकता कार्यक्रम भन्दा पनि बिबिध रमाईलो कार्यक्रम र खेलकुदमा केन्द्रीत उक्त सबै कार्यक्रमको संचालन थसेसका सल्लाहकार शरद कुमार गौचनले गर्नु भएको थियो ।
स्रोतः नेपालजापान डट् कम्



Leave a Reply