शेरचनद्वारा आफू दरवार हत्याकाण्डका योजनाकार रहेको दावी

Thu, Aug 6, 2009

समाचार

राजा वीरेन्द्रको वंश नाश हुने गरी ८ बर्षअघि भएको दरवार हत्याकाण्डमा आफ्नो हात रहेको भन्दै एक जनाले दावी गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै तुलप्रसाद शेरचन तस्वीरः एभिन्युज टिभी रिपोर्टर्स क्लवमा बुधवार पत्रकार सम्मेलनमा बोल्दै तुलप्रसाद शेरचनले राजा वीरेन्द्रको परिवारको हत्या आफूले गरेको दावी गरेका हुन्। उनले आफूलाई तत्कालीन रोयल ब्युरो अफ इन्टिलिजेन्सको प्रमुख भएको दाबी गरे।

विदेशबाट आउने अनुदान सबै दरवारले कुम्ल्याएकोले उनले वीरेन्द्रको वंश नाश गरेको बताए। दरवार हत्याकाण्डको योजना १९७५ मा बेलायतमा तयार भएको उनले बताए। उनले दरवार हत्याकाण्ड हुनुअघि नेपालका तत्कालीन नेताहरूलाई संकेत दिएको पनि बताए।

उनले आफूसंग हत्याको श्रव्य दृश्यको सिडीसमेत सुरक्षित रहेको बताएका छन्।

दरवार हत्याकाण्डको ८ बर्षपछि एकाएक सो काण्डमा आफ्नो प्रमुख हात रहेको दावी गर्ने शेरचनले दरवार हत्याकाण्डको छानविनका लागि स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारसंग आग्रहसमेत गरेका छन्।

शेरचनले आफू दरवार हत्याकाण्डको योजनाकार भएको बताउंदै पत्रकार सम्मेलन गरेपछि दरवार हत्याकाण्ड झन रहस्यमय बन्दै गएको छ। उनले हत्याकाण्डको श्रव्य दृश्यको सिडी केवल सरकारद्वारा गठन हुने स्वतन्त्र छानविन समितिलाई सुम्पिने बताए।

स्रोतः एचके नेपाल डट कम

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply