काठमाडौं, थकाली सेवा समिति, काठमाडौं क्षेत्रले विभिन्न पेशा गरी काठमाडौं उपत्यका भित्र बसोवास गर्ने थकाली समाजका सदस्यलाई प्रोत्साहन स्वरुप यस पालीको एसएलसी परिक्षामा विशिष्ट अंक, प्रथम श्रेणी, दोस्रो श्रेणी र उत्तिर्ण भएका सम्पूर्ण ३० जना छात्र छात्रालाई सम्मान स्वरुप थसेस काठमाडौं क्षेत्रका अध्यक्ष गजेन्द्र तुलाचनले खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा थकाली विद्यार्थीहरुलाई ई. तेजप्रसाद गौचन र डा. लोकेन्द्र शेरचनले शैक्षीक परामर्श स्वरुप गहकिलो सुझावहरु दिई वधाई ज्ञापन गरेका थिए । केन्द्रिय अध्यक्ष बसन्त शेरचनले विकासको मूल आधार नै शिक्षा भएकोले उच्च शिक्षामा अभिभावक, सचेतवर्ग र संस्था केन्द्रित हुनुपर्ने तर्फ ध्यानाकृष्ट गरेका थिए ।
साभारः थकाली सन्देश



Leave a Reply