कोरियामा थासाङ साँस्कृतिक सौगात भब्यताका साथ सम्पन्न

Sat, Oct 24, 2009

समाचार

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ साँस्कृतिक सौगात २००९ दक्षिण कोरियाको राजधानी सिउलस्थित दोङकुक युनिभर्सिटीको हलमा भब्यताका साथ सम्पन्न भएको छ ।

गत अक्टोबर ३ तारिख शनिबारका दिन कोरियाको महान पर्व छुसक अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु-गायिका अन्जु पन्त, दोहोरी गायिका शिला आले, नृत्यकार रंजिता गुरुङ, लोक पप गायक राम चन्द्र काफ्ले, लोक दोहोरी गायक राजु परियार र हाँस्य कलाकार जितु नेपालको बेजोड प्रस्तुति रहेको थियो ।

कोरियास्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत यादब खनाल प्रमुख अतिथि रहनु भएको पहिलो चरणको कार्यक्रममा छाबियचिवकी नेपालीहरुकी आमा ली ग्म ह्यन, नेपाल सम्पर्क समितिका अध्यक्ष डेभिट राई, एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवर, नेपाली जनजाति महासंघ कोरियाका अध्यक्ष चङ कुमार गुरुङ र नेपाल अपाङग संघका अध्यक्ष कुशराज राई बिषेश अतिथि रहनु भएको थियो ।

नेपाली राजदुताबासका कार्यबाहक राजदूत यादब खनालले उद्घाटन गर्नु भएको थासाङ साँस्कृतिक सौगात २००९ को दोश्रो चरणलाई नेपाल कोरिया साँस्कृतिक मंचको- लाखौ मुटुको एउटै छ माया, करोडौ नेपालीको एउटै हो … भन्ने राष्ट्रिय गीतबाट शुरु गरिएको थियो । नृत्यकारद्वय जुना जुहारचन र सन्ध्या थकालीको क्या राम्रो स्याउ बारी मार्फा गांवैमा भन्ने बोलको गीतमा थकाली भेषभूषामा आधारित नृत्य प्रस्तुत गरिएको थियो।

त्यस पश्चात जितु नेपालको हाँस्य प्रहशनले दर्शकहरुलाई हसाउंन शुरु गरेको थियो भने आमन्त्रित कलाकारहरु अन्जु पन्त, शिला आले, राम चन्द्र काफ्ले र राजु परियारको उत्कृष्ट प्रस्तुतिले त दर्शकहरुलाई दर्शकदिर्घाबाटै नाच्न बाध्य बनायो ।

नेपालबाट आएकी नृत्यकार रंजिता गुरुङलाई अतिथि कलाकारको रुपमा कार्यक्रममा उपस्थित बनाईएको थियो ।यसपालिको छुसकमा आयोजित चार कार्यक्रम मध्य उत्कृष्ट ठहरिएको थासाङ साँस्कृतिक सौगातमा उपस्थित हजारौ दर्शकहरु साँझ ८ बजेसम्म रोमान्चित वातावरणको सांगीतिक माहोलमा रमेका थिए ।

हालैको दिनहरुमा कोरियामा नेपालीहरुको संख्या बढिरहेको र यसको साथै विभिन्न दुर्घटनामा परी आपाङ्ग हुनेहरुको संख्या पनि बढिरहेकाले नेपाली आपाङ्गहरुका लागि  सहयोगार्थ गरिएको उक्त कार्यक्रम थकाली सेवा समितिका अध्यक्ष भक्त सेरचनको सभापतित्वमा भरत तुलाचनले कुशलतापूर्वक संचालन गरेका थिए।

सिउल दक्षिण कोरिया, उमेश बस्नेत (स्रोतः नेपालजापान डट् कम्)

This post was written by:

admin - who has written 82 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply