थसेस जापानद्वारा होमपेज संचालन

Sun, Oct 25, 2009

समाचार

एनपिओ होजिन थकाली सेवा समिति जापान (थसेस,जापान) ले यही अक्टोवर १० तारिख देखि आफ्नो होमपेज संचालनमा ल्याएको जानकारी दिएको छ ।

संस्थाले दिएको जानकारि अनुसार समितिका अध्यक्ष ध्रुव भट्टचनले समितिको सामयिक वैठकमा आईफोन किल्क गरेर होमपेजको उद्घाटन गर्नु भएको थियो । जापानमा आफ्नो स्थापना काल देखि नै सक्रिय रूपमा कार्यरत यस संस्थाले आफ्नो कार्यक्रम योजना अनुरूप यो होमपेज संचालनमा ल्याएको बताउदै थसेस जापानले गत वर्ष जापानमा वैधानिकरूपमा एनपिओ होजिनको रूपमा दर्ता भएपछि आफ्नो कार्यक्रम तथा गतिविधीलाई अझै सक्रिय, चुस्त र पारदर्शी बनाउन यस होमपेजले गहन भूमिका खेल्ने विश्वास लिएको जनाएको छ ।

यस होमपेजको युआरएल www.thasesajapan.com छ । यस्मा यस संस्थाका गतिविधीहरू, थकाली जातिका भाषा संस्कृतिको चिनारीका साथै नेपाल तथा जापानका समसामयिक विषयहरूलाई समेटेर लैजाने उदेश्य राख्दै संचालन गरिनेछ ।

यस संस्थाले थकाली जातिको विकासको साथै नेपाल र नेपालीहरूको संधै चिन्ता लिइरहेको छ । नेपालमा एम्वुलेन्स सेवा, वाढी पीडितलाइ सहयोग, जापानमा विरामीलाई सहयोग, विपत्कालाई आर्थिक तथा अन्य सहयोग एवं जापान स्थित संघ संस्थाहरू संग हातेमालो गर्दै अघि बढिरहेको कुरा सर्वविदितै छ र अझै सहयोगको धाराणा राख्ने प्रतिवद्वता राख्दछ ।

स्रोतः नेपालजापान डट् कम्

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply