जापानको टोयोटा शहरमा पनि मनाईयो तोरन्ल्ह

Tue, Mar 16, 2010

समाचार

366acthasesa१ मार्च,०१० । थकालीहरूको महान चाड तोरन्ल्ह (फागुपूर्णीमा) थकाली सेवा समिति तोकाइ जापानको आयोजनामा विवध सांगीतिक कार्यक्रमका साथ जापानको टोयोटा शहरमा आइतवार भव्यरूपमा सम्पन्न भएको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष बसन्त गौचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा अतिथीहरूमा क्रमश नेपाली आदिबासी जनजाती संघ जापानका खिम बुढा मगर, नेपाली सेवा समितीका अध्यक्ष ज्योति पुन मगर, तमुधीं नागोयाका महासचिव भेषराज गुरूङ, मगर सेवा समितिका अध्यक्ष राजु राना मगर, शेर्पा संघ जापानका उपाध्यक्ष सोनाम शेर्पा, नेपाल तामाङ मैत्री समाज जापानका अनिल तामाङ्को आतिथ्यता रहेको उक्त कार्यक्रममा अतिथी गणहरूलाई महिला स्वयम सेबिकाहरूबाट ब्याज, खादा र अविरबाट स्वागत गरिएको थियो भने कन्य ओमकार गौचनबाट पूजापाठ साथ शुरू गरीएको थियो । 

संस्थाका महासचिब योगेन्द्र शेरचनबाट सञ्चालन उक्त कार्यक्रममा आमन्त्रित अतिथीहरूलाई सल्लाहाकार चन्द्र शेरचनबाट स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सम्पूर्ण अतिथीहरूबाट तोरन्ल्ह (फागु पुर्णीमा) को बारेमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा सभापति बसन्त गौचनबाट तोरन्ल्हको बारे प्रकाश पार्दै प्रथम चरण कार्यक्रमलाई समापन गर्दै कम्पाइ गर्नु भएको थियो । कम्पाइको पश्चात स्वयम सेबिकाहरूबाट सेल रोटी, सुकुटीहरूको वितरणले नेपाली वातावरणमा नेपाली स्वादको मज्जा लिएका थिए ।

स्रोतः समुद्रपारी डट कम

,

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply