प्रत्येक बर्षको मार्च महिनामा थकालीहरुको महान चांड तोरन्ल्ह तथा फागुपुर्णिमाको उपलक्ष्यमा थकाली सेवा समिति जापानले नेपाल देखी चर्चित कलाकारहरुलाई निम्त्याई बृहत सांस्कृतिक कार्यक्रम गर्दै आएको कुरा सर्बबिधितै छ ।
सोहि बमोजिम यस बर्षमा हुनगईरहेको कार्यक्रममा नेपालदेखि मेरि बास्सैको टिमलाई आमन्त्रित गरिएको भएपनि विबिध कारण र प्राविधिक जतिलताले गर्दा उत्त टिम जापान आउन नसक्ने कुरा थसेस जापान द्धारा हस्ताक्षर प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । पुर्व प्रतिबद्धता अनुरुप मेरि बास्सैको टिमलाई उपस्थित गराउन असमर्थ भएको र यसबाट पर्न गएको असुबिधाप्रति सम्पुर्ण दर्शकबृद्ध,बिज्ञापनदाता,सहयोगि तथा शुभचिन्तक प्रति थसेस जापानले हृदय देखि नै क्षमायाचना ब्यत्त गरेको छ ।
कार्यक्रमका संयोजक राजु शेरचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईए अनुसार परिवर्तित जापानको समय अनुकुल र दर्शक महानुभावहरुको भावनालाई मध्यनजर राखी हालमा अर्का चर्चित टिम जिरे खुर्सानिका ख्यातिप्राप्त कलाकार जितु नेपाल (मुन्द्रे) गोपाल नेपाल (फिस्टे) र युवाहरुका ढुकढुकि पप गायक निमा रुम्वालाई मेगुरो कुमिन हलमा उभ्याउने अन्तिम तैयारि पुरा भईसकेको समेत उल्लेख गरिएको छ ।
पुर्व घोषित ब्यहोरा अनुसार नै टिकट दर, टिकटको बिवरण, समयतालिका पनि यथावत नै रहनेगरि नेपाल देखी आमन्त्रित चिरपरिचित पपगायक निमा रुम्वा,हास्यब्यंगका चमत्कारक मुन्द्रे र फिस्टेको बिशेष आकर्षण सहित स्थानिय कलाकारहरुले समेत धमाका मच्चाउने भएका छन ।
मार्च २१ तारिख आईतबार बेलुकाको ५ बजेदेखी मेगुरोको कुमिन सेन्टरमा हुने उत्त सांस्कृतिक तथा हांस्य ब्यंग्यात्मक कार्यक्रममा उपस्थिती जनाई भरिपुर्ण मनोरञ्जन लिन र बर्षौभरिको थकाई मेटाउनको लागि सम्पुर्ण जापानबासी नेपाली,जापानी र अन्य दर्शक महानुभावहरुलाई थसेस जापानले हार्दिक बिनम्र अनुरोध गरेको छ ।
स्रोतः नेपाल जापान डट् कम्



Leave a Reply