Author Archives | admin

admin - who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

थकाली सेवा समिति जापान द्वारा आर्थिक सहयोग प्रदान

Monday, February 6, 2012

0 Comments

अध्यक्ष शरद कुमार गौचनले जापान देखि संकलन गरि ल्याईएको रकम थसेस चितवनको समाज भवन निर्माणको लागि नगद २ लाख ५५ हजार रुपैया थसेस चितवनकै निर्वतमान अध्यक्ष समर शेरचनलाई हस्तान्तरण गर्नु भएको थियो, त्यसै गरि एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचनलाई नगद २ लाख ७३ हजार रुपैया एच.आई.भि एड्स सम्बन्धि कार्यक्रम संचालनको लागि सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

Continue reading...

थकाली सेवा समिति जापानले नेपालमा आर्थिक सहयोग प्रदान गर्‍यो

Monday, February 6, 2012

0 Comments

गत जनवरि २४ तारिख मंगलबारका दिन नेपाल जापान सम्पर्क समितिले थकाली सेवा समिति, काठमाण्डौ नेपालको आफ्नै भवन बिनायकबस्ति स्थित प्रागणमा एक विषेश समारोहको आयोजना गरि स्वागत सम्मान तथा आर्थिक सहयोग रकमको हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । (फोटो फिचर सहित)

Continue reading...

हार्दिक श्रद्धाञ्जली

Monday, February 6, 2012

0 Comments

मुस्ताङ्ग जिल्ला कोवाङ्ग गाविस वडा नं. ६ घर भई हाल काठमान्डौं महानगरपालिका ४, बालुवाटारमा बसोबास गर्दै आउनु भएका हाम्रा अनन्य मित्र तथा थकाली सेवा समिति जापानका निवर्तमान उपाध्यक्ष स्वर्गिय गोपाल भट्टचनको ५१ वर्षको अल्पायुमै असमायिक देहावसान भएकोले अत्यन्तै भावबिहिल भएका छौं । करिवन डेढ दशक जापान बसाई पश्चात १५ महिना अघि मात्र नेपाल फिर्ता हुनु भएका स्वर्गिय भट्टचन अति सरल स्वभाव, सहयोगी भावनाका धनी एवं चिरपरिचित समाजसेवी ब्यक्तित्व हामिले गुमाउनु परेकोले अति नै मर्माहित तुल्याएको छ । यस दु:खद घडिमा शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिंवगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण समवेदना प्रकट गर्दछौं । शरद कुमार गौचन अध्यक्ष एनपिओ होजिन, थकाली सेवा समिति जापान परिवार

Continue reading...

थसेस जापानका पूर्व उपाध्यक्ष तथा समाजसेवी गोपाल भट्टचन रहेनन्

Tuesday, January 24, 2012

0 Comments

लामो समय जापानमा बसेर नेपाल फर्केका समाजसेवी गोपाल भट्टचनको गत जनवरी १६ तारिख सोमबारका दिन राजधानी काठमाडौंमा हृदयघात बन्द भई ५१ बर्षको उमेरमा असामयिक निधन भएको छ । स्व. भट्टचन थकाली सेवा समिति जापानमा लामो समयदेखि संलग्न रहँदै पछिल्लो समयमा उपाध्यक्ष पदमा रहेर कार्यभार सम्हाल्नुभएको थियो ।

Continue reading...

हार्दिक बधाई ज्ञापन !!!

Saturday, January 7, 2012

0 Comments

गत जनवरि १ का दिन सम्पन्न हाम्रा सहयात्रि संस्था नेपाल मगर सेवा समिति जापानको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वोसम्मतिबाट निर्वाचित हुनु भएका परम मित्र शैलेन्द्र थापा मगर ज्यूलाई हार्दिक बधाई एवं शुभकामना टक्य्राउछौं । साथै जनवरि २ तारिखका दिन सम्पन्न तमुधीं जापानको १७ औं अधिवेशनबाट उत्त गरिमामय संस्थाको अध्यक्ष जस्तो पदमा सर्वसम्मतिबाट हाम्रा सहकर्मी मित्र [...]

Continue reading...

स्वर्गिय राष्ट्रिय कवि भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न

Saturday, January 7, 2012

0 Comments

जनवरि ७, २०१२ । शनिबार । गत आईतबार पौष १० गते थकाली समाज घर बालाजुमा थकाली सेवा समिति नेपाल केन्द्रिय समितिको साहित्य प्रबर्द्धन विभागद्धारा आयोजित स्व. राष्ट्रिय कवि भूपि शेरचनको ७६ औ जन्म जयन्ती सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरेको छ। थसेस केन्द्रिय समितिका अध्यक्ष वसन्त शेरचन ज्यू को सभापतित्वमा सुसम्पन्न भएको उत्त कार्यक्रमको उद्घोषण महासचिव [...]

Continue reading...

थकाली सेवा समिति, जापानको काउन्टडाउन पार्टी एवं वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न

Sunday, January 1, 2012

0 Comments

डिसेम्वर ३१, २०११ । थकाली सेवा समिति जापानले ईश्वी सम्वत २०११ को समापन तथा नयाँ वर्ष २०१२ को उपलक्ष्यमा एउटा भव्य काउन्टडाउनपार्टीका साथै एड्स रोग नियन्त्रण संघ कास्की द्वारा निर्मित वृत्तचित्र प्रदर्शन गरेको छ । कार्यक्रममा समितिले यस वर्ष जापान प्रवेश गरेका थकालीबन्धुहरूलाई समाजका अध्यक्ष शरद कुमार गौचनले खादा लगाई स्वागत गर्नुभएको थियो । यस्तै [...]

Continue reading...

थसेस जापानले स्वागत, भेटघाट र काउन्टडाउन पार्टि भव्य रुपले मनाउने

Thursday, December 8, 2011

0 Comments

८ डिसेम्बर २०११ थकाली सेवा समिती जापानको गत नोभेम्वर २७ तारिखमा बसेको बैठकले बिगतमा झै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने गरि आउदो डिसेम्वर ३१ तारिख बेलुका एक भब्य कार्यक्रम गर्ने भएको छ । थसेस जापानको तर्फबाट महा-सचिव तथा यस कार्यक्रमका संयोजक अनिल भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा [...]

Continue reading...

हार्दिक बिदाई समारोह सम्पन्न!

Monday, November 21, 2011

0 Comments

२१ नोभेम्बेर २०११ थसेस जापानका प्रबक्ता श्री राजु शेरचन ज्युका बुवा श्री हरि प्रसाद शेरचन र मुवा हरि कुमारी शेरचन ज्यु भ्रमणको क्रममा जापान आउनु भएको हुँदा वहाँ हरुलाई गत २२ अक्टुबर शनिबारका दिन कावासाकी स्थित सोल्टी डाईनिङ रेस्टुरेन्टमा समाजका अध्यक्ष श्री शरद कुमार गौचनज्युले खादा लगाई बिदाई गर्नु भएको थियो । साथै आफ्नो नीजी [...]

Continue reading...

हिराचन,भट्ट र थापा ज्युलाई हार्दिक बधाई तथा शुभकामना

Sunday, November 20, 2011

0 Comments

२० नोभेम्बर २०११ गत अक्टुबर १२ देखि १४ सम्म काठमान्डौंमा आयोजित, बिदेशमा बसोबास गर्ने ३० लाख नेपालीहरुको प्रतिनिधित्व गर्दै ६४ राष्ट्रका करिबन १००० नेपालीहरुको भेलाले गैर-आवासीय नेपाली संघको पाँचौ बिश्व संम्मेलन भब्यताका साथ सम्पन्न गरेको छ । स्वदेशको कृषी,शिक्षा,स्वास्थ क्षेत्रको बिकासमा संस्थागत लगानि गर्नुको साथै बिदेशमा आर्जित ज्ञान, सिप , पुँजी र दक्षतालाई नेपालको जलबिधुत,पर्यटन र सामाजिक क्षेत्रको बिकासमा उपयोग र परिचालन गर्ने [...]

Continue reading...