तस्वीरहरु अभिलेखालय RSS feed for this section

थकाली सेवा समिति जापान द्वारा आर्थिक सहयोग प्रदान

0 Comments | 6. February 2012

अध्यक्ष शरद कुमार गौचनले जापान देखि संकलन गरि ल्याईएको रकम थसेस चितवनको समाज भवन निर्माणको लागि नगद २ लाख ५५ हजार रुपैया थसेस चितवनकै निर्वतमान अध्यक्ष समर शेरचनलाई हस्तान्तरण गर्नु भएको थियो, त्यसै गरि एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचनलाई नगद २ लाख ७३ हजार रुपैया एच.आई.भि एड्स सम्बन्धि कार्यक्रम संचालनको लागि सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

पूरा पढ्नुहोस्...

थकाली वार्वेक्यु २०११ ईन सिन् किवा टोक्यो

0 Comments | 12. August 2011

थकाली सेवा समिति जापानको आयोजनामा २०११ को समर वार्वेक्यु कार्यक्रम मनोरञ्जनात्मक र स‌ौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । जुलाईको टनटलापुर घामको वावुजुद थकाली, गैर थकाली समेत गरि १६० जना भन्दा बढी सहभागि भएको उक्त कार्यक्रमको सिन किवाको समुद्रतत‍्मा आयोजना गरीएको थियो । कार्यक्रममा वार्वेक्यु लागायत विभिन्न खेलहरु पनि खेलाइएको थियो ।

पूरा पढ्नुहोस्...

२० औं शुभकामना साँझ २०११

0 Comments | 13. May 2011

२० औं शुभकामना साँझ २०११ टोकियोको ईकेवुकुरोमा भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमको लागि नेपालवाट अति चर्चित कलाकार अन्जु पन्त तथा हास्य कलाकार गोपाल नेपाल आमन्त्रित गरिएका थिए ।

पूरा पढ्नुहोस्...

तोरन्ल्ह २०११ तथा २०औं शुभकामना साँझको उद्घघाटन

0 Comments | 13. May 2011

माननिय सभासद एवं पूर्व उप प्रधानमन्त्री तथा एनेकपा माओवादी स्थाई समितिका सदस्य अमिक शेरचनले टोकियो जापानमा एक समारोहकाबीच तोरन्ल्ह २०११ तथा २०औं शुभकामना साँझको उद्घघाटन गर्नुभयो ।

पूरा पढ्नुहोस्...

थसेस जापानको समर वार्वेक्यु कार्यक्रम २०१० को केही झलकहरू ।

0 Comments | 9. August 2010

थकाली सेवा समिति जापानले टोक्यो फुतागोतामागावामा आयोजना गरेको समर वार्वेक्यु कार्यक्रम रमाइलो वातावरणका साथ सम्पन्न गरेको छ । कार्यक्रममा एनआरएन जापानका अध्यक्ष रोशन केसी, नेफिन टोक्योका अध्यक्ष ध्रुव भट्टचन लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरूका साथै टोक्योवासी नेपाली तथा जापानीहरूको उल्लेख्य उपस्थिति थियो ।

पूरा पढ्नुहोस्...

थसेस जापान २०६६ सालको तोरन्ल्ह

0 Comments | 18. May 2010

थसेस जापानले २०६६ सालको तोरन्ल्ह भव्यरूपले मनाएको छ । तोरन्ल्हको उपलक्ष्यमा आयोजित समारोहमा नाचगान तथा स्वादिष्ट परिकारको स्वाद लिदै सहभागीहरू ।

पूरा पढ्नुहोस्...

नयाँ कार्यसमितिलाई जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले खादा लगाई बढाई

0 Comments | 18. May 2010

थसेस जापानको नयाँ कार्यसमितिलाई जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले खादा लगाई बढाई दिनुभएको थियो । साथै नव नियुक्त अध्यक्ष शरद कुमार गौचनले कार्यसमितिका सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

पूरा पढ्नुहोस्...

शुभकामना साँझ ‘०१०

0 Comments | 15. April 2010

२१ मार्च, २०१० थकाली सेवा समिति जापानको बर्षेनी हुँदै आएको “शुभकामना साँझ” कार्यक्रम टोकियोमा बिशेष मनोरञ्जनपूर्ण हास्यब्यङ्ग्य र साँगीतिक प्रस्तुतीहरुका बिच सम्पन्न भयो ।

पूरा पढ्नुहोस्...

शुभकामना साझ’०९

0 Comments | 18. July 2009

थकाली सेवा समितिले तोरन्लको उपलक्ष्यमा शुभकामना साझ मनाउदै आएको छ । शुभकामना साझ २००९को लागि नेपालवाट विशेष कलाकार मनोज गजुरेललाई आमन्त्रण गरिएको थियो । शुभकामना साझ २००९ को केही झलकहरु ।

पूरा पढ्नुहोस्...

बाढी पीडितलाई सहयोग

0 Comments | 18. July 2009

थकाली सेवा समिति जापानले नेपालमा बाढी पीडितको सहयोगार्थ जापानी यन १०,०००/ प्रदान गरेको छ । उक्त रकम समितिका अध्यक्ष श्री ध्रुव भट्टचनले एक कार्यक्रमकोबीच जापान स्थित नेपाली राजदूत श्री गणेश योञ्जन तामाङलाई हस्तातरण गर्नु भएको थियो । कार्यक्रमको झलकहरु ।

पूरा पढ्नुहोस्...