थसेस जापानका निवर्तमान कार्यकारिणी सदस्य तथा हाम्रा अनन्य मित्र सुश्री सुजा गौचन ज्युको पुज्यनिय माता गंगा कुमारि गौचनको गत अप्रिल १८ तारिख बुधबारका दिन ७४ बर्षको उमेरमा उपचारको क्रममा असमायिक देहावसान भएको खवरले हामिलाई अत्यन्तै मर्माहित बनाएको छ । स्वर्गिय गंगा कुमारि गौचनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै दु:खद यस घडिमा सोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौं । [...]
पूरा पढ्नुहोस्...
0 Comments | 17. April 2012
१५ अप्रेल २०१२ ,टोक्यो थकाली सेवा समिति जापानले आफ्नो २१ औं बार्षिक साधारण सभा तथा थकालीहरुको महान चाड फागुपुर्णिमा ”तोरन्ल्ह” एवं नेपाली नयाँ बर्ष २०६९ को उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै एघारौं महा-अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ । नेपाल देखी पाल्नु भएका लुम्बिनि भ्रमण बर्ष २०१२ को अबैतनिक दुत तथा सर्वोच सिखर सगरमाथा आरोहि एवं बयोवृद्ध गिनिज बिश्व रेकर्डर मिन बहादुर शेरचनको प्रमुख अतिथ्यमा आयोजित [...]
पूरा पढ्नुहोस्...
0 Comments | 25. March 2012
टोक्यो – १९ मार्च २०१२ हरेक साल मनाउदै आइरहेको शुभकामना साँझ यस पाली चार जना नेपाल देखि आमन्त्रित कलाकारहरुको प्रस्तुतीले गर्दा टोक्यो स्थित मेगुरो हलमा धमाका गरी सम्पन्न भएको छ ।कार्यक्रमको मुख्य आकर्षण मेरी बास्सैका जोडी धुर्मुस (सिताराम कट्टेल ) र सुन्तली (कुन्जना घिमिरे )ले दर्शकहरुलाई प्रहसन मार्फत पेट मिचिमिची हाँस्न बाध्य बनाए ,आधुनिक गायक प्रमोद [...]
पूरा पढ्नुहोस्...
0 Comments | 6. February 2012
गत जनवरि २४ तारिख मंगलबारका दिन नेपाल जापान सम्पर्क समितिले थकाली सेवा समिति, काठमाण्डौ नेपालको आफ्नै भवन बिनायकबस्ति स्थित प्रागणमा एक विषेश समारोहको आयोजना गरि स्वागत सम्मान तथा आर्थिक सहयोग रकमको हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । (फोटो फिचर सहित)
पूरा पढ्नुहोस्...
0 Comments | 6. February 2012
मुस्ताङ्ग जिल्ला कोवाङ्ग गाविस वडा नं. ६ घर भई हाल काठमान्डौं महानगरपालिका ४, बालुवाटारमा बसोबास गर्दै आउनु भएका हाम्रा अनन्य मित्र तथा थकाली सेवा समिति जापानका निवर्तमान उपाध्यक्ष स्वर्गिय गोपाल भट्टचनको ५१ वर्षको अल्पायुमै असमायिक देहावसान भएकोले अत्यन्तै भावबिहिल भएका छौं ।
करिवन डेढ दशक जापान बसाई पश्चात १५ महिना अघि मात्र नेपाल फिर्ता हुनु भएका स्वर्गिय भट्टचन अति सरल स्वभाव, सहयोगी भावनाका धनी एवं चिरपरिचित समाजसेवी ब्यक्तित्व हामिले गुमाउनु परेकोले अति नै मर्माहित तुल्याएको छ ।
यस दु:खद घडिमा शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिंवगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण समवेदना प्रकट गर्दछौं ।
शरद कुमार गौचन
अध्यक्ष
एनपिओ होजिन, थकाली सेवा समिति जापान परिवार
0 Comments | 24. January 2012
लामो समय जापानमा बसेर नेपाल फर्केका समाजसेवी गोपाल भट्टचनको गत जनवरी १६ तारिख सोमबारका दिन राजधानी काठमाडौंमा हृदयघात बन्द भई ५१ बर्षको उमेरमा असामयिक निधन भएको छ । स्व. भट्टचन थकाली सेवा समिति जापानमा लामो समयदेखि संलग्न रहँदै पछिल्लो समयमा उपाध्यक्ष पदमा रहेर कार्यभार सम्हाल्नुभएको थियो ।
पूरा पढ्नुहोस्...
0 Comments | 7. January 2012
गत जनवरि १ का दिन सम्पन्न हाम्रा सहयात्रि संस्था नेपाल मगर सेवा समिति जापानको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वोसम्मतिबाट निर्वाचित हुनु भएका परम मित्र शैलेन्द्र थापा मगर ज्यूलाई हार्दिक बधाई एवं शुभकामना टक्य्राउछौं । साथै जनवरि २ तारिखका दिन सम्पन्न तमुधीं जापानको १७ औं अधिवेशनबाट उत्त गरिमामय संस्थाको अध्यक्ष जस्तो पदमा सर्वसम्मतिबाट हाम्रा सहकर्मी मित्र [...]
पूरा पढ्नुहोस्...
0 Comments | 7. January 2012
जनवरि ७, २०१२ । शनिबार । गत आईतबार पौष १० गते थकाली समाज घर बालाजुमा थकाली सेवा समिति नेपाल केन्द्रिय समितिको साहित्य प्रबर्द्धन विभागद्धारा आयोजित स्व. राष्ट्रिय कवि भूपि शेरचनको ७६ औ जन्म जयन्ती सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरेको छ। थसेस केन्द्रिय समितिका अध्यक्ष वसन्त शेरचन ज्यू को सभापतित्वमा सुसम्पन्न भएको उत्त कार्यक्रमको उद्घोषण महासचिव [...]
पूरा पढ्नुहोस्...
0 Comments | 1. January 2012
डिसेम्वर ३१, २०११ । थकाली सेवा समिति जापानले ईश्वी सम्वत २०११ को समापन तथा नयाँ वर्ष २०१२ को उपलक्ष्यमा एउटा भव्य काउन्टडाउनपार्टीका साथै एड्स रोग नियन्त्रण संघ कास्की द्वारा निर्मित वृत्तचित्र प्रदर्शन गरेको छ । कार्यक्रममा समितिले यस वर्ष जापान प्रवेश गरेका थकालीबन्धुहरूलाई समाजका अध्यक्ष शरद कुमार गौचनले खादा लगाई स्वागत गर्नुभएको थियो । यस्तै [...]
पूरा पढ्नुहोस्...
0 Comments | 8. December 2011
८ डिसेम्बर २०११ थकाली सेवा समिती जापानको गत नोभेम्वर २७ तारिखमा बसेको बैठकले बिगतमा झै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने गरि आउदो डिसेम्वर ३१ तारिख बेलुका एक भब्य कार्यक्रम गर्ने भएको छ । थसेस जापानको तर्फबाट महा-सचिव तथा यस कार्यक्रमका संयोजक अनिल भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा [...]
पूरा पढ्नुहोस्...
0 Comments | 23. April 2012